राजनीतिमा मगन्ते व्यवहार

राजनीतिमा मगन्ते व्यवहार

कपन अनलाइन/बैशाख १४, २०७३

13082181_1033527660067746_400871268_n-002

केशवप्रसाद कुइँकेल
बुनपा १४, कपन, बालकुमारी टोल

राजनीतिमा ज्ञान नभएका पार्टी होस् वा कुनै एउटाको संरक्षणमा गाउँ, टोल, वडामा संरक्षणको भरमा पाखी ओडेर घिउ खानेहरु अबको राजनीतिमा भारी बोकेर बसे हुन्छ । किनभने पक्ष वा विपक्षसँग सिधा राजनीतिका कुरा गर्न नसक्ने जनता र ममा के फरक भो त भनेर बुझ्न नसक्ने, आफ्नो बोली र व्यवहारलाई सही वा गलत भनेर बुझ्न नसक्ने, आँखा खोलेर राजनीतिमा लाग्नु पर्नेमा आँखा चिम्लेर राजनीति छाम्ने अनि भुसको डोरी बाटेर पिङ खेल्न खोज्नेहरुको अब बिस्तारै दिन जाँदैछ । कुनै एउटा पार्टीको खोल ओढेर, संरक्षण लिएर दृष्य वा अदृष्यरुपमा व्यक्तिगत फाइदाका लागि मरिहत्ते गर्नेहरु अब कमजोर हुँदैछन् । विकास निर्माणका काममा अदृष्यरुपमा हानी पुर्याउन खोज्नेहरुलाई जनताले बुझि सकेका छन् अब । राजनीति तथा सामाजिक क्षेत्रमा यस्ता व्यक्तिको हैसियत छैन यस्ता मगन्ते व्यवहार गर्नेहरुको बेलैमा होस् खुलोस् ।

तपाइँको प्रतिक्रिया ।