काठमाडौँमा देउवा-प्रकाशमान गठबन्धन, गगन थापाको कमजोरी सतहमा
कपन अनलाइन/फागुन १०, २०७२
कपन अनलाइन/राजनीतिक विश्लेषण
काठमाडौँ नेपाली कांग्रेसमा शेरबहादुर देउवा र प्रकाशमान सिंहबीच भएको दरिलो गठबन्धनले प्रकाशमान सिंहको बर्चस्व सशक्त देखिएको छ । सिंह प्यानलका सबुज बानियाँको प्यानल नै स्पष्ट मतन्तरले बिजय पश्चात काठमाडौँमा प्रकाशमान सिंहलाई कमजोर पार्न गरिएका तमाम प्रयास आफै कमजोर भएको छ । क्षेत्रमा कमजोर प्रदर्शन गरेका महामन्त्रि सिंहले जिल्लामा आफ्नो मानिस बिजय गराउन देउवासँग सहकार्य गरेपश्चात नेपाली कांग्रेसभित्रको सिंह बिरोधी प्यानल पराजित भएको हो । संस्थापन पक्षकै धेरैभन्दा धेरै नेता प्रकाशमान सिंहको काठमाडौँमा देखिएको वर्चस्व कमजोर बनाउन लागि परेको बताइएको थियो । रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासम्म प्रकाशमानलाई आफ्नै जिल्लामा कमजोर बनाउने ध्येयलाई प्रकाशमानको देउवाले खेलेको भूमिका सफल भएपछि ९१ मतले सबुज बानियाँको काठमाडौँ जिल्ला सभापति पदमा बिजय सम्भव भएको हो । प्रकाशमान सिंहको यो सफलतासँगै काठमाडौँमा १२ औँ महाधिवेशनमा सफल देखिएको सिंह बिरोधी प्यानल सतहमै कमजोर भएको द छ । यसको ठूलो प्रभाव युवा नेता गगन थापालाई पर्ने देखिएको छ ।
नेपाली राजनीतिका सबैभन्दा धेरै आश गरिएका भनिएका नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा पार्टीको १३ औँ महाधिवेशनमा आफ्नै निर्वाचन क्षेत्र तथा जिल्लामा निकै कमजोर देखिएपछि उनको राजनीतिक भविष्यका बारेमा बिबिध टिकाटिप्पणी हुन थालेको छ । इकाइदेखि जिल्लासम्म गगन थापाले हार व्यहोरेका छन् । यसको कारण उनकै आफ्नो व्यवहार जिम्मेवार रहेको बताइन्छ । स्वविवेक प्रयोग गर्न सक्ने मानिसलाई अगाडि बढ्न नदिनु र यसम्यानलाई च्याप्ने प्रवृतिले उनलाई कमजोर पारेको चर्चा चलिरहेको छ । थापाले जहिले पनि कमजोर मानिसालाई इकाई तथा क्षेत्रमा अगाडि बढाउने र केही गर्न सक्नेलाई सकभर अगाडि बढ्नै नदिने भन्ने आरोप लाग्ने गरेको थियो । पछिल्ला केही समय घैँटेका कारण पनि उनको लोकप्रियतामा गिरावट आएको बेला उनले चयन गरेको कमजोर पात्रलाई क्रियाशिल सदस्यले साथ निदिँदा महामन्त्रि पदमा उठ्न लागेका थापालाई क्षेत्र र जिल्लामा धोका हुन पुग्यो । कार्यकर्तासँगै कहिल्यै सम्पर्कमा नबस्ने तथा कसैको फोन रिसिभ नगर्ने आरोप खपिरहेका थापाका उम्मेदवारलाई क्षेत्रमा लामो समयदेखि थापाका कट्टर आलोचक रहेका स्थानीय राजु श्रेष्ठले पराजित गरेपछि स्थानीयस्तरमा उनको राजनीति कमजोर बनेको हो । क्षेत्रमा क्षेत्रीय सदस्यका रुपमा उनका केही व्यक्तिहरुको संख्या देखिए पनि काठमाडौँ क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि गएका १० सदस्यहरुमा ८ जना गगन थापाका बिरोधीहरु भएपछि उनको सतहको राजनीतिक कमजोर भएको अनुभव गरिएको हो ।
राष्ट्रिय राजनीतिमा उच्च मूल्यांकन गरिएका गगन थापाप्रति स्वदेश तथा विदेशका नेपालीहरुको जुन सहानुभूति छ त्यो सहानुभूति आफुले २२ हजार मत ल्याएर चुनाव जितेको ठाउँमा नदेखिँदा उनको कार्यशैली परिवर्तन गर्न पर्ने देखिएको सबैले बताउन थालेका छन् । उनकै कारण देशभर सबैभन्दा चर्चामा रहेको काठमाडौँ क्षेत्र नं. ४ मा उनको कमजोर प्रदर्शन तथा उनको कट्टर बिरोधी व्यक्ति सभापति भैसकेको अवस्थामा अबको आम चुनावमा उनको नेतृत्वको पनि संभावना कमजोर भएको बताइन थालिएको छ । क्षेत्र तथा जिल्लामा नै उनका आलोचकहरु विजय भएपछि अबको काठमाडौँमा उनको राजनीति सहज नहुने पक्का छ । उनले गर्ने विकासका कामहरुमा पनि बिबिध कठिनाई आउने देखिएको छ । उनलाई सबैभन्दा माया गर्ने भनिएको काठमाडौँ क्षेत्र नं. ४ र त्यसभित्र पनि कपन क्षेत्र नै उनीसँग रुष्ट भएको बताइएको छ । यस्तो हुनुमा उनले आफ्ना भनेर छानेका मानिसहरुको कमजोर कार्यशैली तथा कमजोर संगठन नै जिम्मेवार रहेको छ ।
केही दिनपछि हुने महाधिवेशनमा काठमाडौँबाट फेरि एकपटक माथिल्लो पदाधिकारीमा प्रकाशमान सिंह आउने लगभग निश्चित छ भने महामन्त्रिको दावी गरिरहेका युवा नेता गगन थापाले कस्तो प्रदर्शन गर्नेछन् यत्तिकै भन्न सक्ने अवस्था छैन । तर इकाई, क्षेत्र तथा जिल्लामा उनको खराब प्रदर्शनले केही न केही नकारात्मक प्रभाव महाधिवेशन पक्कै देखिने छ ।