कृष्ण राइको क्षेत्र नं ४ प्रति वितृष्णा र अधिकारीको खस्कँदो राजनीति, कार्यकर्ता निरुत्साहित

कृष्ण राइको क्षेत्र नं ४  प्रति वितृष्णा र अधिकारीको खस्कँदो राजनीति, कार्यकर्ता निरुत्साहित

12698770_734385233330330_449594548_o

कपन अनलाइन /माघ २९, २०७२

एमाले काठमाडौ जिल्ला कमिटि संयोजक कृष्ण राई आजकाल क्षेत्र नं. ४ का प्रायः कार्यक्रममा देखिदैनन् । कपनभित्र हुने कार्यक्रममा त झन् देखिनै मुस्किल छ उनलाई । कुनै समय कपन क्षेत्रमा एमालेको संगठनको प्रमुख सुत्रधार मानिने राईको यो अनुपस्थितिले कतिपय अवस्थामा प्रश्नचिन्ह लाग्ने गरेको छ । राइको अनुपस्थिति वा वितृष्णा हरेक भेला वा प्रशिक्षणमा चर्चाको विषयसमेत बन्ने गरेको छ । यतिखेर काठमाण्डौ क्षेत्र नम्बर ४ मा क्षेत्रीय अधिवेशनअन्तर्गत बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न वडाहरुमा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । गत माघ २३ गते वडा नं १२ ले उपत्यका इन्चार्ज सानु श्रेष्ठलाई प्रमुख अतिथि बनाएर प्रशिक्षण कार्यक्रम संपन्न गर्यो । त्यस्तै वडा १४ र १९ ले २६ गते उपमहासचिव घनश्याम भुसाललाई प्रमुख अतिथि बनाएर प्रशिक्षण सम्पन्न गर्यो । यी कार्यक्रमहरुमा नेकपा एमाले काठमाण्डौ जिल्ला संगठन कमिटीका संयोजक कृष्ण राई नदेखिएपछि उनको कपनसँगको सम्बन्ध चिसिएको महशुस भएको हो ।

राईको यो अनुपस्थितिले कार्यकर्ता विचमा बिभिन्न प्रश्न जन्माएको छ । कतिपयले पार्टी भित्रको गुटगत संघर्षलाई यो अनुपस्थितिको कारण बताएका छन् । विशेषगरेर कपनका स्थानीय नेता मिठाराम अधिकारी जो जिल्ला कमिटि सदस्य पनि हुन् उनी र कृष्ण राईको चिसिएको सम्बन्धका कारण कृष्ण राई त्यति धेरै यस क्षेत्रमा नदेखिएको बताइएको छ । आसन्न क्षेत्रीय अधिवेसनलाई कारण मानेर भएको यो चिसिएको प्रकरणसँग कपनमा भएको कार्यक्रममा बोलाउने जिम्मा पाएर पनि मिठाराम अधिकारीले कृष्ण राईलाई नबोलाएको आरोप लागेको छ । यस वारे कपन आनलाइनले जिल्ला संयोजक कृष्ण राईसंग जिज्ञाशा राख्दा उनले यी कार्यक्रमको कुनै खवर नै नपाएको बताए । यस प्रसंगमा वडा १४ र १९ को कार्यक्रमको प्रमुख अतिथि र अतिथि निमान्त्रणा गर्ने जिम्मा लिएका जिल्ला कमिटीका सदस्य मिठाराम अधिकारीलाई दिएको १४ नं वडा का एक पदाधिकारीले बताए । स्वयं मिठाराम अधिकारीले पनि कुनै खवर नगरेको स्वीकार गरे । यतिखेर कृष्ण राई ओली पक्षको खम्बा मानिन्छन् भने मिठाराम अधिकारी कहिले को कहिले को बन्ने क्रममा यतिखेर नेपाल पक्षीय बनेको एक कपनका नेताले कपन अनलाइनलाई बताए ।

क्षेत्र नं ४ मा अहिले आफ्नो आफ्नो गुटको नेता बोलाउने प्रस्तिस्पर्धा चलेजस्तो देखिएको कार्यकर्ताबीच चर्चा चलिरहेको छ । क्षेत्रीय अध्यक्ष कुसुम कुमार कार्की र जिल्ला सदस्य मिठाराम अधिकारी माधव नेपाल पक्षको प्रचारमा लागेका छन् । त्यसैगरीे क्षेत्रीय उपाध्यक्ष लक्ष्मी संग्रौला, सचिव टिका पराजुली र नेपथ्यबाट पूर्व राष्ट्रीय प्रतिनिधि परिषद् सदस्य उद्धव खरेल संस्थापन पक्षको प्रतिनिधित्व गरिरहेका छन् । अघिल्लो अधिवेशनमा केपि ओलीको गुटबाट बिजयप्राप्त गरेका कार्की अहिले माधव नेपाल गुटमा लागेपछि क्षेत्र नं ४ को संघर्ष रोमान्चक हुने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।