भोली ‘जनताको संविधान जनताको माझमा’
काठमाडौँ, १४ पुस ।बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भोली पौष १५ गते जनताको संविधान जनताको माझमा कार्यक्रम गोल्फुटार पार्टी प्यालेसमा बिहान ८ः३० बजेदेखि हुने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुन मन्त्री एंव काठमाडौं क्षेत्र नं ५ का नरहरि आचार्य रहने पनि बताईएको छ । त्यसैगरी अतिथिहरुमा क्षेत्र नम्बर ४ का माननीय सांसद गगन कुमार थापा, माननीय सांसद राजनकुमार भट्टराई एंव माननीय सांसद मीरा धोजु रहने बताईएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विरेन्द्रदेव भारतीको सभापतित्वमा हुने कार्यक्रममा उपस्थित हुन सम्पूर्ण नगरवासीहरुलाई नगरपालिकाले आमन्त्रण गरेको छ ।
कपन अनलाइन सँग कार्यक्रमका बारेमा जानकारी दिदैँ शाखा अधिकृत राजुप्रसाद न्यौपानेले सम्पूर्ण नगरवासीलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।