कपन जोरधाराको साधारण सभा पौष *१८ गते

कपन जोरधाराको साधारण सभा पौष *१८ गते

बुनपा , १४ पुस ।बूढानीलकण्ठ नगरपालिकाको ठूलो खानेपानी वितरक संस्था कपन जोरधारा खानेपानी संरक्षण संस्थाको साधारण सभा यहि पौष १८ गते शनिबार बिहान १० बजे जोरधारा परिसरमा हुने भएको छ ।
अध्यक्ष ध्रुवराज न्यौपानेद्वारा प्रकाशित सूचनामा सम्पूर्ण सदस्यहरुलाई उक्त साधारण सभामा आमन्त्रण गरिएको छ । साधारण सभामा निम्न अनुसारको एजेण्डामा छलफल हुने बताईएको छ ।
एजेण्डा ः
१. आ.व. ०७१/०७२ को वार्षिक कार्य प्रगति विवरण प्रस्तुत तथा अनुमोदन ।
२. २ वर्षे नीति तथा कार्यक्रम प्रस्तुत, छलफल तथा अनुमोदन ।
३. महशुल बक्यौतालाई फरफारक तथा लगत कट्टा गर्ने सम्बन्धमा ।
४. कोषाध्यक्ष ज्यूबाट आ.व. ०७१/०७२ को आय–व्यय विवरण प्रस्तुत छलफल तथा अनुमोदन तथा आ.व. ०७२/०७३ को लागि लेखा परिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक तोक्ने ।
५. विविध

रहेको कपन अनलाइन लाइ प्राप्त पत्रमा जनाइएको छ

* साधारण साधारणसभा मिति अन्यथा हुनगएकोमा सच्याइएको छ । सम्पादक  कपन अनलाइन डट  कम 

तपाइँको प्रतिक्रिया ।