मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौं ३ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन् । ठूला तीन दलबीच तत्काल वार्ताको औचित्य सकिएको निस्कर्ष निकालीएको मोर्चाले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
आफ्नो सहमति विपरीत संसदमा जवरजस्ती संविधान संशोधन विधेयक पारित गरिएको भन्दै मोर्चाले हिजो तत्काल वार्ता नगर्ने निस्कर्ष निकालेको हो । मोर्चाले नाकाबन्दीलगायत जारी आन्दोलनलाई यथावत् राख्दै थप १५ दिने आन्दोलनको नयाँ कार्यसूची समेत तय गरेको छ ।
आज दिउँसो तमलोपा कार्यालयमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बिहान आन्दोलनका विषयमा छलफल गर्न फेरि बैठक बस्दैछ । संसद अवरोध जारी राख्ने निर्णयसमेत मोर्चाले गरेको छ ।
तपाइँको प्रतिक्रिया ।