प्रेस चौतारी नेपालको चार प्रतिष्ठान गठन

प्रेस चौतारी नेपालको   चार प्रतिष्ठान गठन

कपन अनलाइन ,काठमाडौँ, ३ पुस । नेकपा एमाले सम्बध  पत्रकारहरुको सङ्गठन   प्रेस चौतारी नेपालले आज बागबजारमा   ‘प्रतिष्ठान अञ्चल कमिटी’  भेला आयोजना गरि  चार प्रतिष्ठान गठन गरेको छ ।

DSC_0164

जसमध्ये रेडियो प्रतिष्ठान अध्यक्षमा हरिबल्लभ नेपाल, उपाध्यक्षमा लक्ष्मी बस्नेतरहेका छन  भने  टेलिभिजन प्रतिष्ठानमा अध्यक्ष तेज वाग्ले, उपाध्यक्ष मिलन जिसी र सचिवमा विमल नेपाल सर्वसम्मत  प्रतिनिधि  भएका छन् ।

त्यसैगरी दैनिक तथा एशोसिएट प्रतिष्ठानमा अध्यक्ष धनबहादुर खड्का, उपाध्यक्ष पुजा ढकाल र सचिवमा रञ्जित तामाङ सर्वसम्मत  प्रतिनिधि  भएका छन् ।

अनलाईन प्रतिष्ठान अध्यक्षमा मोहन बास्तोला, उपाध्यक्षमा रामनाथ खनाल, सचिवमा शरद शर्मा, सहसचिवमा सोभित थपलीया र कोषाध्यक्षमा विनु पोख्रेल सर्वसम्मत  प्रतिनिधि  भएका छन् ।अनलाइन प्रतिष्ठान ११ सदस्यीय बनेको छ ।

 

उहाँहरुलाई  प्रेस चौतारी केन्द्रीय अध्यक्ष्य,उपाध्यक्ष , महासचिव  तथा पत्रकार महासंघका पधाधिकारी हरुले अविर लगाएर  स्वागत  गर्नु  भएको थियो  ।

 

 

तपाइँको प्रतिक्रिया ।