फोटो कथा सिन्धुपाल्चोकका जनताले दिए काठमाडौं लाई निशुल्क दाउरा

फोटो कथा  सिन्धुपाल्चोकका जनताले दिए काठमाडौं लाई निशुल्क दाउरा

अशोकराज पाण्डे, २७ मङ्सिर, काठमाडौँ  । आफै भुकम्पको पीडाबाट कठोर जीवन झेलिरहेका सिन्धुपाल्चोकका जनताले छिमेकी भारतले लगाएको नाकाबन्दीको कारण खाना पकाउने ग्यासको अभाव र मँहगोमा दाउरा किन्नुपर्ने बाध्यतामा छट्पटिरहेका काठमाडौंवासीलार्इ े निशुल्क दाउरा पठाएका छन् ।

20151213_073639
सिन्धुपाल्चोकका इचोक, महाँकाल, किउल, मेलम्ची नगरपालिका लगायतका क्षेत्रबाट भुकम्प पीडितहरुले प्रति घर २० केजीका दरले दाउरा संकलन गरी सिन्धुपाल्चोक एमालेका पूर्व अध्यक्ष हस्त पण्डित तथा सासंद शेरबहादुर तामाङ्गलाई बुझाएका थिए ।

20151213_082308
उक्त दाउरा हिजो सिन्धुपाल्चोकबाट काठमाडौ ल्याईएको थियो । हिजो नै बाँड्ने कार्यक्रम बनाईएतापनि साँझ परिसकेकाले र दाउरा लिने जनताको संख्या धेरै भएकाले बाँड्न असम्भव देखिएपछि उपस्थितहरुलाई कुपन वितरण गरी आज बिहान स्थानीय प्रशासनको मद्दतमा बिहान ७ बजेबाट काठमाडौं महानगरपालिका ६, महाँकाल पानी ट्याङ्कीबट करिब ७०० परिवारलाई वितरण गरिएको थियो ।

20151213_080706
दाउरा वितरण कार्यक्रममा सिन्धुपाल्चोक एमालेका पूर्व अध्यक्ष पण्डित र सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सांसद तामाङ्गको पनि उपस्थिति थियो ।

20151213_074345

ओखलढुङ्गा स्थायी घर भएकी महाँकाल, बौद्ध निवासी मनकुमारी न्यौपानेले २० किलो दाउराले धेरै समय नपुगेपनि सहयोग सकारात्मक भएको बताउँदै दाउरा वितरण गरिरहेका व्यक्तिहरुलाई धन्यवाद दिइन् । सिन्धुपाल्चोकका जनताको यो सराहनीय कदमको सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चारमाध्यममा प्रशंसा भएको छ ।

20151213_080309
यस्तो कदम काठमाडौं नजिकका अन्य जिल्लाहरुले पनि अनुसरण गर्न सकेमा काठमाडौंमा देखिएको खाना पकाउने इन्धनको समस्या केहि हदसम्म भएपनि समाधान हुने सरोकारवालाहरु बताउँछन् ।

20151213_075313

फोटो : आशिष गुरागाई /कपन अनलाइन डट कम

तपाइँको प्रतिक्रिया ।