के दशैँतिहार ? (त्रिलोचन आचार्य )
कपन अनलाइन
काठमाडौं कात्तिक २२।
१. दुख्खकाआँसु झार्दैछिन् आमा के दशैँतिहार
देखिँनमैले बलेको धप्प देशको मुहार
आएर दशैँ सकेन भोटेकोशीको घाउ पुर्न
भन्दछिन् केही औषधी छैन दुखाई उतार्न
२. अरुझैँ दिन भएन किन? भाद्रको त्यो दश
लगेका मेरा छोरी र छोरा आउन्नन् वापस
लगाए पनि जमरा टीका फिका छ यो शिर
उज्याला छैनन् यो मनभित्र कार्तिक मंसिर
३. के नदी पनि देखिन सक्छ हिमाल छुन्छझैँ
समय किन देखिने गर्छ रजालो बुन्छझैँ
जिन्दगी किन अडिने गर्छ धपक्कधपक्क
सन्तान मेरा टाँसिएकिन माटोमा लपक्क
४. हजारौँलाई बगाई आज त्रिशुली रुँदैछ
अनुहार ढाकी लागेको कालो विस्तारै धुँदैछ
धेरैको शोक बोकेर धेरै रुँदैछ धरती
के दीपावली मनाऊँ हामी? बिर्सेर दुर्गति
५. हिमालहाम्रो देखिन्छ राम्रो सुनझैँ टल्केको
यसमापनि कसरी हुन्छ विनाशअल्झेको
आशंकाहरु बढेका हेर ढाकेर आकाश
तातेर धर्ती विस्तारै डाक्न थालेछ विनाश
६. यो बेला खुसी मानेर पर्व मनाऊँ कसरी ?
झिलि र मिलीआँगनचोक बनाऊँ कसरी ?
मनको फाँट र वस्ती हेर समस्त जीर्ण छन्
खोलाका तिर बसाई निम्ति जोखिम पूर्ण छन्
७. शान्तिले डाँडो काटेको बेला के पर्व उत्सव?
कान्तिको मोति डुबेको बेला को हाँस्न सक्छ र ?
हेरेर बस्छिन् आमाले बाटो उज्यालो कहाँ छ ?
प्रकृतिलाई सम्मान गर्ने पध्दति जहाँ छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
