कपन ह्यान्डबल मैदानमा एनपीएलको प्रत्यक्ष प्रसारण हुने

कपन ह्यान्डबल मैदानमा एनपीएलको प्रत्यक्ष प्रसारण हुने

कपन अनलाइन
काठमाडौं कात्तिक १९ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्साहलाई सामूहिक रूपमा मनाउने उद्देश्यले काठमाडौंको कपनस्थित ह्यान्डबल खेल मैदानमा ‘एक्सट्रिम इनर्जी ड्रिंक फ्यान पार्क’ सञ्चालन हुने भएको छ।

 बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को  आयोजनामा तथा एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा सञ्चालन हुन लागेको फ्यान पार्कमा एनपीएलका खेलहरू ठूलो स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।आयोजकका अनुसार नोभेम्बर ५ देखि नोभेम्बर २१ सम्म हरेक दिन अपराह्न ५ बजेदेखि फ्यान पार्क सञ्चालन हुनेछ।

सो मैदानमा  एनपीएलका खेलको प्रत्यक्ष प्रसारणका अतिरिक्त सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, खानाका विभिन्न स्टल तथा सामूहिक रूपमा क्रिकेट हेर्ने  वातावरण तयार हुने  आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।