बुढानीलकण्ठमा कृषक सम्मेलन तथा कृषि/पशु उत्पादन प्रदर्शनी मेला आयोजना हुँदै
कपन अनलाइन
काठमाडौं कात्तिक १९ ।
बुढानीलकण्ठ नगरपालिकाले कृषक सम्मेलन, कृषि तथा पशु उत्पादन प्रदर्शनी एवं बिक्री मेला आयोजना गर्ने भएको छ।
नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै स्थानीय कृषक, कृषि उद्यमी, उत्पादक तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
नगरपालिकाका अनुसार स्थानीय स्तरमा उत्पादित कृषि तथा पशुपन्छीजन्य उत्पादनको प्रदर्शनी, बजारीकरण तथा उपभोक्तालाई स्थानीय उत्पादनको प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएकोनगरपालिकाले जानकारी दिएको छ।
प्रदर्शनी मेलामा स्थानीय कृषक तथा उत्पादकहरूले उत्पादन गरेका फूल, फलफूल, तरकारी, दूधजन्य पदार्थ तथा अन्य कृषि एवं पशुपन्छीजन्य उत्पादनहरू अवलोकन तथा खरिद–बिक्रीका लागि राखिनेछन्।
नगरपालिकाद्वारा जारी सूचनाअनुसार सो मेला २०८३ साल कार्तिक २० र २१ गते बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म बुढानीलकण्ठ नगरपालिकाको कार्यालय परिसर, हात्तीगौंडा, काठमाडौंमा सञ्चालन हुनेछ।
सुचना :

