सपनाहरुको आत्मदाह : डा. टीकाराम पोखरेल
कपन अनलाइन
काठमाडौं कात्तिक १५।
ऊ असिनपसिन गर्दै पत्ता तोडले दौडिरहेको थियो ।
उसलाई रोक्दै सोधेँ– ‘यति हतारमा किन दौडिरहेका छौ भाइ?’
‘आत्महत्या गर्न ।’ उसले भन्यो ।
‘कतै तिमी पागल त भएनौ ?’ पुनःप्रश्नफ्याँकेँ ।
‘देखेनौ दाइ ! शहरमा दिनहुँ आत्महत्याका घटना घटेका छन् । के तीआत्महत्या गर्ने सबैलाई तिमीपागल ठान्छौ ?’ उसले ममाथि नै प्रश्नग¥यो ।
‘आखिर तिमीचाहिँकिनआत्महत्यागर्न चाहन्छौँ?’अर्को प्रश्न गरेँ ।
‘भाइरल हुन ।’उसले अलिआक्रोशितहुँदै भन्यो ।
‘के तिमीभाइरल हुनकै लागिआत्महत्यागर्न खोज्दै छौ भाइ?’ उसको कुरा पत्यार नलागेर सोधेँ ।
यसपटक उसले अलिगम्भीर भएर भन्यो– ‘दाइ ! जीवनमा मेरा धेरै सपनाहरु थिए, आफू धेरै पढ्ने, व्यापार व्यवसायगर्ने, सम्पत्तिकमाउने, राम्रो घर बनाउने, बालबच्चालाई राम्रो शिक्षादिने आदि । तर मेरा यी सपनाहरु कहिल्यै पूरा भएनन् ।सपना पूरा गर्ने संघर्ष गर्दागर्दै मेरा सपनाहरुले आत्मदाह गरे । मान्छेका सपनाहरुले आत्मदाह गर्छ भने बाँच्नुको सार्थकता नै के रहन्छ र दाइ?’
उसको कुरा सुनेर म अवाकभएँ ।
उसले फेरि थप्यो– ‘मैले जीवनमा संघर्ष गरेको, म ठगिएको, मेरो व्यापार व्यवसाय डुबेको, छोराछोरीले राम्रो शिक्षानपाएको कथाव्यथाको समाचार कहिल्यै कतै छापिएन दाइ । मैले जतिसुकै अनुनयविनयगर्दा पनि मेरा समाचार छापिदिएनन् । तर हेर्नुस् त दाइ ! विगतकेहीदिनयताआत्महत्या गरेका मान्छे र उनीहरुको कथाव्यथाका समाचारहरु सामाजिक सञ्जाल र अनलाइनहरुमा कसरी भाइरल बनेका छन् ।मर्नेहरुले उत्तिकै सहानुभूतिपनिपाएका छन् । त्यसैले मेरो संघर्ष, म ठगिएको कथा, मेरो व्यवसाय डुबेको व्यथा, मेरो परिवार तहसनहस भएको समाचार म जीवित रहेसम्म छापिन्न दाइ । मेरो यो समाचार छपाउन र यो समाजबाट सहानुभूति बटुल्न अब म आत्मदाहगर्दैछु दाइ ।’उसले निष्फिक्रीभएर भन्यो ।
म उसलाई आत्महत्या गर्न जानबाट रोक्न खोज्दै थिएँ ।
‘एक, दुई, तीन, चार ….. अब म आत्महत्यागर्नेको मेरिटमा पछि पर्न चाहन्नदाइ !’ भन्दै ऊ पुनःपत्तातोडले दौडियो ।
म उसतर्फ हेर्दैथिएँ ।एकैछिनमा मेरो आँखाबाट ऊ विलिन भैसकेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
