बुढानिलकण्ठ-२ का सानुकान्छा श्रेष्ठ जनजाति तर्फ केन्द्रीय सदस्यमा उम्मेदवार

बुढानिलकण्ठ-२ का सानुकान्छा श्रेष्ठ जनजाति तर्फ केन्द्रीय सदस्यमा उम्मेदवार

कपन अनलाइन
काठमाडौं असोज २१ / सुर्य श्रेष्ठ
नेपाली काङ्ग्रेसकाे १५ औ महाधिवेसन असाेज १८ गतेबाट  खुल्ला मन्च काठमाडौंमा सुरु भइसकेकाे छ। हिजाे असाेज १९ गते बाट बन्द सत्र कार्यक्रम भइरहेकाे छ भने यसै सरगममा केन्द्रीय पदादिकारिहरुमा उम्मेदवारहरुकाे उम्मेदवारी घाेषणा पनिकाे कम्रपनि जारि नै छ।

भाेटेकाेसि बाढिले निम्त्याएको संकट बिजमा चुनाैतिपुर्ण महादिबेसन सम्पन्न हुदैछ ।यसै १५ औ महाधिबेसनमा बुढानिलकण्ठ वडा नं २ बाट अधिवक्ता सानुकान्छा श्रेष्ठ काे समानुपातिक जनजाति तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी यसै क्षेत्र बाट सभापतिमा गगन थापाकाे केन्द्रीय सभापतिमा उम्मेदवारी रहनेछ ।श्रेष्ठ नेपाली कांग्रेसको राजनितिमा बिगत लामाे समय देखि नै सक्रिय राजनिति गर्दै आइरहनु भएकाे छ ।

विदार्थि जीवन देखि नै नेबि संघबाट स्ववियु सदस्य हुँदै नेपाल ल क्याम्पस देखि  लोकतान्त्रिक मूल्य, राष्ट्रियता, सामाजिक न्याय, समावेशिता र जनउत्तरदायी राजनीतिप्रति लामो समयदेखि सक्रिय रहँदै आउनुभएकाे राजनीतिक तथा सामाजिक अभियन्ता हुनुहुन्छ।

उहाँले २०४८ सालमा तत्कालीन चपली भद्रकाली, हालको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ र २ क्षेत्रमा नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। त्यसपछि जिल्ला सदस्य, क्षेत्रीय सदस्यलगायत विभिन्न संगठनात्मक जिम्मेवारीमा रहेर पार्टी संगठनलाई स्थानीय तहसम्म विस्तार गर्न योगदान पुर्‍याउनुभयो।

२०६७ सालमा तत्कालीन चपली भद्रकाली इकाइ सभापतिको जिम्मेवारी सम्हाल्नुभएका श्रेष्ठले स्थानीय तहमा संगठन विस्तार, टोलस्तरमा पार्टीको उपस्थिति सुदृढीकरण तथा कार्यकर्ताबीच समन्वयमा काम गर्नुभयो। त्यसपछि जिल्ला सदस्य हुँदै हाल प्रदेश सदस्य तथा कानुन तथा संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारीमा रही काम गरेको अनुभव उहाँसँग छ।
सामाजिक तथा विकास निर्माणमा योगदान :

राजनीतिक गतिविधिसँगै अधिवक्ता श्रेष्ठ विभिन्न सामाजिक तथा विकास निर्माणका कार्यमा समेत सक्रिय रहनुभएको छ। उहाँ हाल बुढानीलकण्ठ क्याम्पस व्यवस्थापन समितिको सचिवका रूपमा संलग्न हुनुहुन्छ। सामुदायिक सेवा केन्द्रको संस्थापक सहसचिवका रूपमा सामाजिक सेवामा सक्रिय रहनुका साथै सामुदायिक भवन निर्माण समितिमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको छ। स्थानीय पूर्वाधार विकासतर्फ पञ्चकन्या मार्गको प्रारम्भिक निर्माणदेखि तारेभिरसम्मको ढलान सडक निर्माणमा निर्माण समितिको संयोजकका रूपमा भूमिका निर्वाह गर्दै गुणस्तरीय सडक निर्माणमा योगदान पुर्‍याउनुभएको छ।
राजनीतिक दृष्टिकोण
श्रेष्ठको राजनीतिक यात्राको मूल आधार लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय, समावेशी प्रतिनिधित्व, संगठनात्मक एकता र जनउत्तरदायी राजनीति रहेको छ। लामो समयको विद्यार्थी राजनीति, पार्टी संगठन, निर्वाचन अभियान, कानुनी क्षेत्र तथा सामाजिक सेवाबाट प्राप्त अनुभवलाई आगामी राजनीतिक जिम्मेवारीमा उपयोग गर्ने उहाँको दृष्टिकोण रहेको छ। लामो राजनीतिक तथा सामाजिक अनुभवलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समानुपातिक जनजाति तर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारका रूपमा उहाँ आफ्नो राजनीतिक यात्रा अघि बढाइरहनुभएको छ।
उहाँको उम्मेदवारीले जनजाति समुदायको प्रतिनिधित्व, पार्टीभित्र समावेशी सहभागिता, संगठन सुदृढीकरण तथा अनुभवी नेतृत्वको संस्थागत विकासलाई प्राथमिकतामा राख्ने उद्देश्य प्रस्तुत गर्दछ।
“लोकतान्त्रिक मूल्य, संगठनप्रतिको प्रतिबद्धता र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई पार्टी र समाजको हितमा समर्पित गर्ने” उहाँको राजनीतिक यात्राको मूल भाव हो।

तपाइँको प्रतिक्रिया ।