म : जनार्दन अधिकारी धड्कन ( कविता )

म : जनार्दन अधिकारी धड्कन ( कविता )

कपन अनलाइन
काठमाडौं असोज १९।

म जन्मेँ
मलाई थाहा छैन
नामकरण
अरूले नै गरिदिए
त्यही नामले बोलाइरहे
आमाबाबाले
हुर्काउनु भो
बढाउनु भो
पढाउनु भो
त्यहाँसम्म
उहाँहरूकैजस्तो लाग्दथेँ
जब ममा
चेतना संचार भयो
मेरो जीवनमा
अनि म भएँ
आफूले
आफैँलाई नचिन्ने
म !
जब म भएँ
मभित्रको मानवता हरायो
आदर हरायो
सम्मान हरायो
प्रेम हरायो
विश्वास हरायो
अपनत्व हरायो
म को ?
चिनारी हरायो
घमण्डको भ¥याङ् चढेर
क्रोधको मशाल बालेर
ज्वालाले अरूलाई पोल्दै
शङ्काको साम्राज्यमा
स्वार्थको श्रीपेच लाएर
म को राज्य चलाउँन थालेँ
सबैसँगको घनिष्टता
छुटिसकेको थियो
गैँडाजस्तै
एक्लिसक्दा पनि
आफ्नै जिन्दगी
आफैँबाट आक्रमण
भइरहँदा पनि
महसुस थिएन
हिरण्यकशिपुकै रवाफमा
रावणकै शैलीमा
कंसकै बाटोमा हिँडीरहेको छु
“म !”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।