नेपाली कांग्रेस श्रमिक क्लस्टरको केन्द्रीय सदस्यमा सुनिल केसीले उम्मेदवारी दिने
कपन अनलाइन
काठमाडौं असोज १८।
नेपाली कांग्रेसको १५ औ महाधिवेसनमा युवा नेता तथा समाजसेवी सुनिल केसिले श्रमिक कोटाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन।
लामो समयदेखी सुरक्षा क्षेत्र र समाजसेवामा सक्रिय रहेका बुढानिलकण्ठ नगरपालिका वडा नं ८ निवासी केसीले नेपाली कांग्रेसको निति र सिदान्तलाई आत्मसाथ गर्दै देशको विकासमा योगदान पुर्याउन उम्मेदवारी दिने तयारी गरेको बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ बाट मजदुर क्लस्टरमा महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका केसीले श्रमिक कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दिने बताउदै उत्पादन र रोजगारीमा श्रमिक वर्गले खेलेको भुमिकालाई सबैले उच्च सम्मान गर्नुपर्ने धारणा समेत राखेका छन।
करिव १० वर्ष देखि २ हजार भन्दा बढी श्रमिकलाई प्रत्यक्ष रोजगारी दिदै व्यावसाय र समाजसेवालाई निरन्तर रुपमा अगाडी बढाएका केसीले नेपाली कांग्रेसको १५ औ महाधिवेसनबाट सक्रिय राजनीतिक यात्रा अगाडी बढाउने बताउदै सहयोगका लागि सबै प्रतिनिधिहरुमा अनुरोध समेत गरेका छन ।
