संविधान दिवसमा रास्वपा बुढानिलकण्ठ-१० को रक्तदान तथा औषधि वितरण
कपन अनलाइन
काठमाडौं, असोज ४।
संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगरपालिका–१० वडा समितिको आयोजनामा रक्तदान तथा ज्येष्ठ नागरिक औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० बलुवाखानीमा भएको कार्यक्रममा रक्तदान सहित ६० भन्दा बढी ज्येष्ठ नागरिकलाई आवश्यक औषधि वितरण गरिएको थियो ।
स्थानीय नागरिक, ज्येष्ठ नागरिक, पार्टीका सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय एवं भव्य उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य पुकार बम, विशेष अतिथि बागमती प्रदेश सभापति उत्सव अर्याल सहित काठमाडौं जिल्ला सभापति राजा शाक्य लगायतको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।
