सुसेली : डा. रेणुका सोलु
कपन अनलाइन
काठमाडौं भदौ २७।
खोला खहरे
कैले सुकी जाने हो ?
भर नपरे ।१।
गैरी खेतैमा
माया बस्यो बेसरी
पैलो भेटैमा ।२।
फुल्यो बगैँचा
ज्यान टाढा भए नि
मन सङ्गै छ ।३।
हावा सरर
फुल्यो फूल मायाको
मनै हरर ।४।
माया नमार
छिट्टै भेट हुनेछ
आँसु नझार ।५।
बेसी झरे’सी
लौरो किन बिर्सियौ ?
खोला तरे’सी ।६।
पानी धमिलो
धोका भयो मायामा
मनै अमिलो ।७।
सानो छ घर
बास माग्ने बटुवा
भर नपर ।८।
वर पीपल
माया साटे दुबैमा
मिल्छ शीतल ।९।
पानी पँधेरो
आमाबुबा नहुँदा
घरै अँधेरो ।१०।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
