चार मुक्तक : उत्तम विचार
कपन अनलाइन
काठमाडौं भदौ २७।
आफ्नाको साथ र समर्थनविनाको
मुटुको अर्थ रहन्न धड्कनविनाको
खुल्ला किताब भनिन्छ त्यसैले त,
के होला र जिन्दगी दर्शनविनाको ।
कोदाली, हलो जुवा फाली बिर्सँनेले
के लाउँलान् र खेती आली बिर्सँनेले
अरूलाई आचरणको पाठ नपढाऊन्,
समाउने हाँगो र टेक्ने डाली बिर्सँनेले ।
जित आउँछ जिन्दगीमा हार आउँछ
बगर आउँछ नदीसँगै किनार आउँछ
यदाकदा आउने हैनन् ती पाहुनासरि,
दुःख दोहोरिन्छ जो बारम्बार आउँछ ।
घाम नपरुन्जेल बिहानीको शीत बनिदिन्छु
साँचो माया दिनेछु म चोखो प्रीत बनिदिन्छु
मेरो शान्त तलाउमा ढुङ्गा नहानून् कसैले,
कोमल मन छ मेरो पनि तरङ्गित बनिदिन्छु ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
