बाबुको मुख हेर्ने दिन विशेष सुसेली : ध्रुवराज थापा ‘पुरुष’

बाबुको मुख हेर्ने दिन विशेष सुसेली : ध्रुवराज थापा ‘पुरुष’

कपन अनलाइन
काठमाडौं भदौ २७।
१.पिता समान
आदरणीय अरू
हुन्छ नठान ।

२.पिताको बोलि
नसुने दुःख हुन्छ,
था हुन्छ भोलि ।

३ .धरती टेकायौ
पिताजी तिमीले नै
बाटो देखायौ

४.आमाको काख
बुवाको त्यो भरोसा
हुन्छ है लाख ।

५. यो मन रुन्छ
बाको दृष्टि नभए
अँध्यारो हुन्छ ।

६. बाउको साथ
छोरोको प्रसन्नता
चुलिन्छ माथ ।

७.ए सौतेनी बा !
किन हेला गर्छौ हँ ?
ती सन्तानका ।

८.बाउको बुद्धि,
छोराको सिप लाए
पक्का समृद्धि ।

९.सन्तान शिक्षा
अनुभवका पाका
बाबुको दीक्षा ।

१०.गयो लाहुर,
फर्काँदा बुबालाई
ल्यायो पाहुर ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।