मनको आशा : नेत्रबहादुर श्रेष्ठ (कविता)

मनको आशा :  नेत्रबहादुर श्रेष्ठ (कविता)

कपन अनलाइन
काठमाडौं भदौ २७।

समय आफ्नो गतिमा
निरन्तर बगिरहेको छ
सबै आफ्ना गतिविधिमा
अभ्यस्त भई लागेका छन् ।

अचानक
के भो ? के भो ?
कसैलाई केही थाहै भएन
क्षणभरमा सारा
बस्तीहरू बगे
मानवीय अस्तित्वहरू नासिए ।

मानवले चाहेका थिएनन्
यस्ता विपत्तिहरू
तर
मानवले नै आज
आफ्नो स्वार्थका लागि
मिचे सिमानाहरू
ओगटे खोलाहरू÷नदीहरू
नासे प्रकृतिहरू ।

आज आफन्तहरू
हराएका छन्
बाँचेकाहरू पनि
विछोडका पीडाले
तड्पिएका छन् ।

भौतिक संरचनाहरू
भत्किएका छन्
मानसिक चोटहरू
थपिएका छन् ।

अब सोच्नुपर्ने
बेला आएको छ
मानवभन्दा ठुलो
प्रकृति हो
जीवन हो ।

मानवीय अस्तित्व
बचाउनुपर्ने छ
प्राकृतिक धरोहर
जोगाउनुपर्ने छ ।

प्रकृतिलाई मानवले
दोहन नगरी
जीवनसाथी बनाई
युगौँ युगसम्म
सहकार्य गरी
अघि बढ्नुपर्ने छ
सेवा गर्नुपर्ने छ ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।