आयोजक इम्पेरियल सेमिफाइनलमा

आयोजक इम्पेरियल सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ,असार २०।

आयोजक इम्पेरियल वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बूढानीलकण्ठस्थित घरेलु कोर्टमा इम्पेरियलले युरो स्कुललाई २५–२० ले पराजित ग¥यो । इम्पेरियलको जितमा श्रृष्टिका बस्नेत र छेरिल तामाङले समान ९–९ अंक योगदान गरे ।
सिनियर गल्र्समै डाफोडिलले त्रियोगलाई २१–१६ तथा मेरिडियन इन्टरनेसनल स्कुलले काठमाडौं युरो आईबी स्कुललाई १५–९ ले हराए । डाफोडिलकी सान्भी थापाले १५ तथा मेरिडियनकी हेबा अर्सदले ६ स्कोर गरे ।
सिनियर ब्वाइजमा युरोले न्यु मिलिनियमलाई ४३–३४ तथा संस्कृति इन्टरनेसनल स्कुलले टीआईएलाई ५०–३७ ले पाखा लगाए । युरोका रुविन घिमिरेले १६ तथा संस्कृतिका अभिग्न श्रेष्ठले २७ अंक जोडे ।
जुनियर ब्वाइजमा न्यु मिलिनियमले त्रियोगलाई १८–१५ ले पाखा लगायो । विजयी टिमका लागि उत्सव अवालेले ५ अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।