चार मुक्तक : नेतिगेन याकथुङ

चार मुक्तक : नेतिगेन याकथुङ

कपन अनलाइन

काठमाण्डौ,असार २०।

कहिले साहस र आँटैले छाती ठोक्नुपर्छ
वाध्यतावश यहाँ जिम्मेवारीहरु तोक्नुपर्छ
सुखमा नमातिनु, दुःखमा नआतिनु भन्छन्,
दुःखको गर्तवाट वच्न नयाँ चेतना बोक्नुपर्छ ।

पृथ्वीको हरेक चिज आफ्नो ठानेर बाँच्नुपर्छ
आपसमा सद्भाव र सहयोगी भाव साँच्नुपर्छ
मानिस मर्दाको मलामी, जिउदाको जन्ती न हो,
अरुको दुःखमा सघाएर, सुखमा नाँच्नुपर्छ ।

कैयौँको जीवन अकल्पनीय विपत्तिले फसाएको छ
दोधार छन् सवै, न उठाएको छ, न बसाएको छ
वोली फुटेन ओठमा, ती विनाशकालिन दृश्य देख्दा,
वाढी झैँ विशाल आँशु वगाई आँखा रसाएको छ ।

अचानक प्राकृतिक प्रकोपले फसाको महिना भयो
लुटियो हाँसो आँशुले आँखा रसाको महिना भयो
पोहोर जल्यो सिँह दरवार, यसपाली वग्यो रसुवा,
यो देशलाई भाद्र महिना, दशाको महिना भयो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।