केशव घिमिरे प्रति : संजय सोति

केशव घिमिरे प्रति : संजय सोति

कपन अनलाइन

काठमाण्डौ,असार २०।

एक चाँद उदाएछ
नेपाली थितिजमा
पटकपटक देखिने गरी !
उता अमर अजर भएछ ।
नमेटिने गरी ।
नेपाली धर्तिको
त्यो अचुल्य चमक
सदा रातो तातो भई
दिन्छ क्रान्तिले दनक
त्यो ज्वारभाटा उठ्छ प्रगतिवादको गतिमा
उहीलाल सागरको नदीमा
क्रान्ति वीरको नायक ।इतिहासमा चम्किरही
सदा नहराउने सायद ।
त्यो किरणको जाजल्यमान
त्यो केशव कम्पन
तिम्रो मरणमा म के गरी दिउँ श्रद्धाले तर्पण
यो सिन्धुको ।
एक बिन्दुको
तिम्रो जन्मस्थल नगरी
तिमी मरे पनि
सम्झनाले गर्दा
त्यो साथीको
आउँछ याद
मुटु र नयनमा गहभरि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।