गजल : अनिता भण्डारी (पौडेल)

गजल : अनिता भण्डारी (पौडेल)

कपन अनलाइन
काठमाडौं भदौ १४।

नुनको स्वाद जिब्रोले चाल पाउछ आँखामा देखिन्न
मनको घाउ मनमै हुन्छ बोलिने भाषामा देखिन्न

झरना हाँस्छ कलकल गर्दै आनन्द दिन्छ सबलाई
ढुङ्गाले दिएको चोट र पीडा भिर पाखामा देखिन्न

मुस्कान ओढेर हिँड्नेहरू सुखी हुन्छन् झैँ लाग्छ
मुटुभित्रको सुनसान बस्ती बाहिरी पाटामा देखिन्न

कर्तव्यका भारी बोकेर जीवन काटिरहेछन् यहाँ
थाकेका ती काँधका कम्पन डोका नाम्लामा देखिन्न

मान्छे हुनु हाँस्नु रमाउनु पनि जीवन हो बुझिदिए पुग्छ
मौनताले लेखेको इतिहास किताबको पानामा देखिन्न ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।