गर्व लाग्छ शिक्षक हुन : वन्दना पौडेल (कविता)
कपन अनलाइन
काठमाडौं,साउन २४।
गर्व लाग्छ शिक्षक हुन, समर्पणको बाटो हो
रातदिनको कडा मेहनत, सफलताको पाटो हो ।
प्रशासनको साथ पाउँछु, अभिभावकको सद्भाव
विद्यार्थी पनि जागरु भए, पढाइप्रति अनुराग ।
नतिजा जब राम्रो आउँछ, उज्यालिन्छ मनभित्र भित्र
सङ्घर्षका ती पसिना सबै फुल्छन् सफल चित्र ।
बालबालिका ठाउँ पुगेको देख्दा मख्ख पर्छु
जताततै आफ्ना विद्यार्थी देखी गर्व गर्छु ।
रिस उठे पनि क्षणभरमै, मायाले मन जित्छ
विद्यार्थीकै बीच बस्दा जीवन नै रमित छ ।
शिक्षक हुनु पेशा मात्र होइन पावन कर्म
आफ्नो जीवन अर्पण गर्नु, यही मेरो धर्म ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
