चार मुक्तक : पवित्रा चाम्लिङ

चार मुक्तक : पवित्रा चाम्लिङ

कपन अनलाइन

काठमाडौं, साउन २३ ।

नजिक बस्नु म चाहन्छु प्रिय तिम्रो वरपर
दुःख खुसमा सहयोग गर्ने अरु को नै छर
आत्तिन्छ मन काम्छ मुटु तिमी कतै जाँदा,
संसार नै सकिन्छ जस्तै लाग्छ मनमा डर ।

कसैले सोधे मेरो आँखामा कसिङर परेको हो
साँच्चै भन्दा म रोएको हैन अभिनय गरेको हो
हुँदो नहुँदो मेरो बारेमा हल्ला फिजायो उसले,
त्यसैले गर्दा ऊ प्रतिको मेरो बिश्वास मरेको हो ।

यता पनि खती र उता पनि खती के गर्नुहोला
समस्या आउँछ एकएक द्रुत गति के गर्नुहोला
परदेश भन्नु परदेशीहरू को पासो रैछ महोदय,
कमाई छैन खास बच्दैन एकरत्ती के गर्नुहोला ।

रुवाउनु सम्म रुवायो मलाई उसको कथा कहानीले
हर बिहान प्रश्न गर्छ ओछ्यान सँगै मिलेर सिरानीले
सधैं अरुलाई दिएर खाने मान्छे म माग्ने बनिएपछि,
हालत हेर्नू सक्दैनौँ भन्छ आफ्नै आँखाको नानीले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।