तिम्रो हाम्रो माया : प्रमोद नेपाल

तिम्रो हाम्रो माया : प्रमोद नेपाल

कपन अनलाइन

काठमाडौं ,साउन ९।

तिम्रो हाम्रो माया सदा गाढा बनुन
कठीन बाटा पनि दुवैका सहजै कटुन
पाइला चाल्दै जादा अवरोध आफै हटुन
दुई मनका आवाज दुखीका लागि उठुन ।

दुई दिनको जीन्दगानी सानले हामी जीओैँ
प्रेमको अमर कहानी हामी दुई सँगै लेखौँ
हामीले रोजेको बाटोमा फूल बिछि रहुन
दुवै मनका आवाज दीन दुखीका लागि उठुन ।

वृक्षका हाङ्गा झुलेर उल्लासका गीत गाउन
अँध्यारोमा नि जुनकीरीले सही बाटो देखाउन
ढोल नगारा मृदङ्ग बजी मिलनमा नाचुन झुमुन
हामी दुवैको साथ भोलीको अमर कथा बनुन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।