चार मुक्तक : जमुना आचार्य कोइराला

चार मुक्तक : जमुना आचार्य कोइराला

कपन अनलाइन

काठमाडौं ,साउन ९।

समस्या जहाँ सुरु हुँदछ त त्यहाँ उपाय पनि
विचार र भावना साटेर सिर्जना जुटाए भनि
सुरु गरिदिए आदिकविले नेपाली भाषा शैली
कृति छोडुन् गुम्साइ नराखुन् मन कुण्ठाहरू गनी ।

विकृति तोड्ने परिवर्तन मोड्ने युवाको साथमा
गल्तीमा खबरदार सही साथ युवाको माथमा
पूर्खाको वीरता आत्मसाथ गौरव कर्मको लय
भरेर एकता स्वाभिमानी धर्म युवाको काँधमा ।

ज्ञानगुनका कुरा सिक्दै जाने हो चित्त नदुखाऊ
आफूले गल्ती गरेको छैन भने शिर नझुकाऊ
खुल्ला किताब बन्न सक्नुपर्छ जसले पढ्न सकोस्
साँचो वचनमा आत्म प्रकट कहिल्यै नलुकाऊ ।

विशिष्टता झल्काउने गतिशीलता छ हाम्रो नेपालको
पूर्खाको सम्मान र एकतासँगै उत्कृष्ट देखभालको
प्रकृतिले वरदान दिएकी गौरवशाली सृष्टि बकेन्द्र
विश्वकप खेल्न र नमूना बन्न जोड्दै काम्रो सञ्जालको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।