धूँवा : मञ्जुश्री प्रधान के.सी. ‘रानु’

धूँवा : मञ्जुश्री प्रधान के.सी. ‘रानु’

कपन अनलाइन

काठमाडौं ,साउन ९।

आगो बलेको
कठोर दिलको महलमा
म आफैलाई असुरक्षित देख्छु
आगो दन्कन छोडेर होकि
धूंवा पनि क्रमशः
बढदै गएको देख्छु
आगो निब्दै गएर होला
गोडाहरु पनि
दुगुरेको देख्छु
आगो बलेको
कठोर दिलको महलमा
अचेल म
आफैलाई असुरक्षित देख्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।