चार मुक्तक : अरुण खड्का

चार मुक्तक : अरुण खड्का

कपन अनलाइन

काठमाडौं ,साउन ९।

ढुक्क हुनु देशमा सरकार छ
देवदूतको भेषमा सरकार छ
बढिरहेछ देश अग्रगमनतर्फ,
चन्द्र छुने रेसमा सरकार छ ।
कति निच छ मानिसको चाह
बटुल्नै पर्ने चारैतिरबाट वाह
सुकर्ममा छैन् रत्तिभर ध्यान,
प्रगतिमा अरूको भैरहने डाह ।
बोल्न जान्नेको पिठोपनि बिक्छ सजिलै
बोल्न जानेपछि झूटपनि टिक्छ सजिलै
अफ्ट्यारो छ सिधा साधाहरूलाई न हो,
बोल्न जान्नेले दाउ अनेक झिक्छ सजिलै ।
साथमै रहन्छ हरपल जो हुँदैन पर कहिल्यै
दिन्छ चुनौती मृत्युलाई मान्दैन डर कहिल्यै
साथी त्यही हो सच्चा जो ढाल बनेर हरपल,
सर्छ अघि छाती थाप्न गर्दैन अभर कहिल्यै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।