मुक्तकहहरू : महेशराज खरेल

मुक्तकहहरू :  महेशराज खरेल

कपन अनलाइन

काठमाडौं असार २७ ।

१.बुझेको जानेको भन्दा भिन्न हुनलाई
अगाडि बडेको थियो ऊ जून छुनलाई
कहाँ बिरायो बाटो उस्ले चालै पाएन
कल्पेको खुशी परीणाम पायो रुनलाई

२. सबैले जाने बुझेको सत्ताको खेल
पवित्र शुद्ध हुँदैन त्यहाँ रहन्छ झेल
के भयो र ! भए हस्तिनापुरको राज
नभए पिउने हो चपरी मुनीको तेल
३. अस्ति मलाई मात्र हेरेर मेरै निम्ति बनाएँ
आज पनि मेरै निम्ति मात्र भनेर म रमाएँ
गल्ति कहाँ गरेँ मैले र ! रिसाउँछौ महोदय
सत्ता सर्वत्र मेरै निम्ति हो भनेर सधै जनाएँ

४. बुझ्न नबुझ्नु तिम्रो कुरा हो म आफ्नै बाटो सरिरहेकोछु
सुझ्नु नसुझ्नु तिम्रो कुरा हो म आफ्नै आँटो चरिरहेकोछुु
कस्ले पर्गेल्नु पथ्र्याे र ! कल्पना र यथार्थ एकै हुने भए हजुर
गुन्नु नगुन्नु तिम्रो कुरा हो म मेट्न आफ्नै राँटो लरिरहेकोछुु

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।