टुक्का कविताहरू : रामप्रसाद पुरी
कपन अनलाइन
काठमाण्डौ, असार १४।
१.
जनताको राख्नुपर्छ हरपल दरकार
देशको विधाता बन्नुपर्छ सधैँ सरकार ।
२.
बोल्न सकिएन,बुझौँ कसको हो दानवता
डोजरले खोज्दै, लुकेर बसेका मानवता ।
३.
दुनियाँलाई माया मानवको मास्नु हुँदैन मोजर
विचार गरी चलाउनु होला सरकारले डोजर ।
४.
मर्दा नलाने कसरी होला धेरै बन्छ ठूला महल
झुप्राबाटै बनेपछि प्रासाद चल्छ चहलपहल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
