चारु : पवनकुमार बुढाथोकी

चारु : पवनकुमार बुढाथोकी
कपन अनलाइन
काठमाण्डौ, असार १४।
जता जता फाइदा उतैतिर नै ढल्केर जानी
बेइमानी पढेलेखेकै धेरै मान्छे मैले ठानी !
यस्तै प्रवृतिले गर्दा यो देश ऋणमा डुबेको
नेतागिरी गर्नेले स्वार्थ मात्र हेरेको पो मानी !
मौका हेरेर सर्वहारा र प्रजातान्त्रिक बन्दै
निमुखालाई इख्याएर टाठाबाठाले नै खानी !
उद्योगधन्दा बन्द गरेर रोजगारी समाप्त पार्दै
सम्पति कुम्लाए सबै सुविधा आफैतिर मात्र तानी !
खोई के गरी कसो गरी उँभो लाग्ला र देश साथी
नसुध्रिएसम्म शक्तिमा बस्नेका भ्रष्टाचारी बानी !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।