रसियाद्वारा जनवरीदेखि युक्रेनको खाद्यान्नमा प्रतिबन्ध लगाउने तयारी

रसियाद्वारा जनवरीदेखि युक्रेनको खाद्यान्नमा प्रतिबन्ध लगाउने तयारी

मस्को (रसिया), २ मङ्गसिर । युक्रेनबाट आयात गरिँदै आएको खाद्यान्नमा आगामी वर्ष (सन् २०१६) को सुरुदेखि रसियाले प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

रसियाका अर्थ विकासमन्त्री अलेक्सी युलुकायभले बुधबार रसियाको युक्रेनी खाद्यान्नमा लगाइने प्रतिबन्धका बारेमा बोल्दै भन्नुभयो, “रसियाको यो निर्णयले युक्रेनको खाद्यान्न निर्यातमा समस्या आए पनि रसियाले आफ्नो हितका लागि यो नै निर्विकल्प उपाय भएको छ ।”

युक्रेनका सहायक अर्थ विकासमन्त्री नातालिया मिकोल्स्कालाई उद्धृत गर्दै यहाँको एक समाचार संस्था इन्टरफ्याक्सले भनेको छ । रसियाको यो कदमबाट युक्रेनले करिब २० करोड ५० लाख अमेरिकी डलरको निर्यात घाटा ब्यहोर्ने छ ।

रसियाली अर्थ विकासमन्त्री युलुकायभले रसियाको यो कदम युक्रेनद्वारा रसियाविरुद्ध लिइएका पछिल्ला कदमहरुको प्रतिक्रिया स्वरुप आएका भनी बताउनुभयो ।

रसियाको युक्रेन खाद्यान्न आयात नगर्ने नीति युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले युक्रेनले युरोपियन युनियनसँग आगामी जनवरी १ देखि स्वतन्त्र व्यापार क्षेत्रमा सहभागी हुने जनाएको ठिक एक दिनपछि आएको छ । रासस÷एपी

तपाइँको प्रतिक्रिया ।