चार मुक्तक : नरेन्द्र चन्द ‘प्रतिक’
कपन अनलाइन
काठमाण्डौ,असार ६।
बाँच्न मन छैन पिउन भने जहर छैन
धड्कन कहिलेसम्म चल्छ भर छैन
तिम्रो दुनियाँमा सबथोक छ होला,
तिमी हरायौ दुनियाँलाई खबर छैन ।
गुलाब दिन्छौ कि भन्ने आस बाँकी छ
प्रेमको के कुरा गर्छौ तलास बाँकी छ
प्रेमको नाममा गुलाब बाँड्न मिल्छ,
अझै तिमीलाई पाउने प्रयास बाँकी छ ।
यति धेरै प्यार नगर पागल हुन सक्छ
तिमी वर्षात हुँदा, कोही बादल हुन सक्छ
आँखाबाट आँसु बनेर बग्न मिल्दैन, प्रिय,
तिम्रा सुन्दर नयनमा गाजल हुन सक्छ ।
अग्ला पहाडविरुद्ध शिर उठाउने अधिकार छैन
बिमारी हुँदा समेत विस्तारमा निदाउने अधिकार छैन
जे–जे भन्छौ, गर्न तयार छु हुकुम होस् हजुरको,
रगत बगाउन मिल्छ, आँसु बगाउने अधिकार छैन ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
