चार मुक्तक : भरत अविरल
कपन अनलाइन
काठमाण्डौ,असार ६।
हास्नु त परै हो मलाई एक्लै रुनु छैन
अर्को साथ जन्म अरु कसैको हुनु छैन
उडि छुनु चन्द्र एक भनी लक्ष लिए पनि,
तिम्रै काख प्यारो मलाई चन्द्र छुनु छैन ।
काम गरेको खाई नखाई सुनाउन कस्लाई जाउ
रात दिन काटेको दुख पाई सुनाउन कस्लाई जाउ
भोक प्यास केही नभनी ऐया नभनी काम गरेको,
यो प्रदेशमा मलमपट्टि लगाई सुनाउन कस्लाई जाउ ।
सुख होस या दुख जीवन भर संगै काटी दिउला
जुनि जुनि हजुर संगै मायाको डोरि बाटी दिउला
यदि हजुरको ओठमा मुस्कान देख्न पाउछु भने,
आफू खुसी छु भनी भगवानलाई पनि ढाटी दिउला ।
एक्कासी प¥यो भने बज्रपात कुनै दिन तिमी के गर्छेउ
आफुले आपूmलाई सम्हाल्न एकछिन तिमी के गर्छेउ
केही खबर नगरि केही अत्तो पत्तो थाहा नै नदिई,
यदि म भै हाले भने सम्पर्क बिहिन तिमी के गर्छेउ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
