चार मुक्तक : शोभा आचार्य गौतम
कपन अनलाइन
काठमाण्डौ,असार ६।
खलबल गर्न भन्दा नबोल्नै हुन्छ बेस
एक्लै खानुभन्दा रमाइलो लाग्छ मेस
आफ्नो हातमा हुदैन सबैकुरा छन् ईश्वर
लड्नु छैन जीवनमा, न कहिल्यैँ छ रेस ।
जीवन कहिले लामो लाग्छ, कहिले केही पल
हरेक कुरा आफ्नो हुन्छ यहाँ हुँदासम्म त बल
समयसँगै छुट्ने रहेछन् सबै बस्तुस्थिति पनि,
जस्तो परिस्थिति सामना गर्छु,नहोस् तर छल ।
कहिलेकाहीँ बुझे पनि गर्नुपर्ने नबुझे जस्तो
कति कठोर रहेछ हृदय,अनौठो लाग्ने कस्तो
अजम्बरी के छ र महत्व हुन्छ आफुसँग नहुँदा,
जब साथमा हुन्छ कुनै चिज बन्ने रहेछ सस्तो ।
कसले के भन्छ भनेर सोच्दैमा जाने रहेछ दिन
जीवनको बाटो हिड्ने आफै, व्यर्थ चिन्ता किन
भन्नलाई सजिलो छ किन सोच्ने भविष्य बारेमा,
हाँस्दै, रम्दै हिड्न पाइयोस्, नलागोस् है रिन ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
