टुक्का कविताहरू : इन्दु श्रेष्ठ

टुक्का कविताहरू :  इन्दु श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९ ।

१.
चाहिँदैन वैभव खुसी हुन
प्रेमले सकिन्छ मन यो छुन ।
२.
बनोस् राष्ट्र “जल“ झैँ निर्मल
न्यायिक शान्ति होस् हरपल ।
३.
खुसीमा पाइन्छ सन्तुष्टि अपार
थोरैमा रमाउने बानी सपार ।
४.
प्रकृतिकै पहिलो देश, दोश्रो “जल“ भण्डार
बेचिन नदेऊ न, हुन थाल्यो अनकन्टार !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।