तिमी मान्छे बन्ने छौँ : लोचन ‘फूलको थुँगा’

तिमी मान्छे बन्ने छौँ : लोचन ‘फूलको थुँगा’

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९ ।
धेरै घमण्ड
नगर्दा हुन्छ
यहाँ
मृत्युपछि
मूल्य दाउराको हुन्छ
शरीरको हुँदैन
होइन तिमी
कुन मान्छेको
कुरा गर्छौँ ?
लाज लाग्दैन र?
मान्छेको कुरा गर्न
पहिला आफू
मान्छे हुन जरुरी छ
जनावरले मान्छेको
कुरा गर्न मिल्दैन
थाहा छ
दिन अस्ताउछ
घाम उदाएर टर्दैन
पानीले पखाल्छ
तर पानीमा आगो बल्दैन
कति जल्छौ
र जलाउछौ
आफ्नो आत्मालाई
भो
नजलाऊ अब
खरानी भइसकेपछि
अझै केही जल्दैन
समयको खेल हो
दिशा गलत छ भने
ढुङ्गा फोड्ने
अस्त्र
र जमिन छेड्ने
हतियारको प्रयोगले
सफलता दिँदैन
सही बाटोमा
सानो प्रयास
प्रभावशाली हुन्छ
गलत दिशामा
ठुलो शक्ति पनि निरर्थक
समयले हतियार होइन
सोच
र दृष्टिकोणलाई
सम्मान गर्छ
प्रेम
यो हदसम्म पनि हुन्छ
जहाँ
कर्म
व्यवहार
सम्मान
चासो
मोहा
लगन
र हरेक खुड्किला
चढाउने अठोट
प्रेमीलाई हुन्छ
बुझ्नेले बुझ्न जान्नु पर्छ
सिक्न जरुरी छ !
हामी खोला तरेपछि
डुङ्गा बिर्सिन्छौँ
हिमाल चढेपछि
भ¥याङ्ग बिर्सिन्छौँ
हृदय भरेपछि
प्रेम बिर्सिन्छौँ
ढुङ्गा पुज्दै गर्दा
भगवान बिर्सिन्छौँ
धेरथोर सम्पन्न हुँदा
जगत् बिर्सिन्छौँ
बाटोमा मागेर
जीविकोपार्जन गर्नेसँग
कैयौँ आशीर्वाद हुन्छन्
लाखौँपटक
असफल यात्रीसँग
लाखौँ सफलताका
अवशेष हुन्छन्
हरेक जीवनसँग
जीवनी हुन्छ
मुटुमा
रोपिने कहानी हुन्छ
लक्ष्य एक चन्द्र छुने हुन्छ
तिमीसँग
के छ?
दिनुहुँ
तिम्रो अस्मिता लुट्ने
नियतको कर्मचारीबाहेक?
मान्छे हुन
मान्छेजस्तो
काम गरौँ
जनावरजस्तो होइन
यदि तिमी मान्छे बन्छौ भने
कुरा गरौँला
म मान्छे हो
जनावरको
इसारा बुझ्दिन
कामना गर्छु
तिमी चाँडै
मान्छे बन्ने छौ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।