बन्ने भयो बुढानिलकण्ठ नगर बस पार्क…..

बन्ने भयो बुढानिलकण्ठ नगर बस पार्क…..

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

बुढानिलकण्ठ नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको नगर बस पार्क बन्ने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको उक्त बस पार्क निर्माणका लागि नगरपालिकाले कार्यादेश पठाएको छ।

लामो समयको प्रतिक्षा पछि निर्माण ह८उन् लागेको सो बसपार्कको निर्माणका लागि ४ करोड १३ लाख ८८ हजार ८१० रुपैया ९३ पैसाको सम्झौता भएको वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन।

सो बस पार्क निर्माणका लागि सौभाग्य एण्ड बि एस /श्रीमान जेभी हेटौडा संग सम्झौता गरेर काम अगाडी बढाउनका लागि कार्यादेश प्रदान गरिएको हो।

तपाइँको प्रतिक्रिया ।