काठमाण्डौ विद्यालय बुढानिलकण्ठ-१२ को विद्यार्थी परिषद निर्वाचनमा विधुतिय मतदान (E-Voting)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ५।
बुढानिलकण्काठ नगरपालिका वडा नं १२ मा रहेको ठमाडौं विद्यालयमा विद्यार्थी परिषद् निर्वाचनका लागि विधुतीय मतदान ( E Voting) प्रयोग गरिएको छ।
सो निर्विवाचनमा द्यालयका विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूमा नेतृत्व क्षमता, लोकतान्त्रिक मूल्य तथा जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले विद्यालयले आधुनिक प्रविधिको प्रयोग गरी ई-भोटिङ प्रणालीमार्फत निर्वाचन सम्पन्न गरेको हो।
उक्त निर्वाचनमा काठमाडौं विद्यालयको साझेदार STEAM शिक्षा प्रदायक संस्था, ओम्नी अर्बिट (Omni Orbit) को सहकार्यमा सञ्चालन गरिएको थियो। ओम्नी अर्बिट (Omni Orbit) विद्यालयहरूमा आधुनिक प्रविधि तथा STEAM शिक्षामार्फत व्यवहारिक र नवप्रवर्तनमुखी सिकाइ प्रवर्द्धन गर्ने संस्थाको रूपमा परिचित छ।
“स्मार्ट प्रविधिको प्रयोग, पारदर्शी मतदानको रोजाइ, ई-भोटिङमार्फत लोकतन्त्रको नयाँ अभ्यास।” विभिन्न कक्षाका विद्यार्थीहरूले शिक्षक तथा निर्वाचन समितिको निगरानीमा विद्युतीय माध्यमबाट आफ्नो मत दिएका थिए। मतदान अघि उम्मेदवारहरूले आफ्नो परिचय, योजना तथा विद्यार्थी हितका कार्यक्रमहरू प्रस्तुत गरेका थिए।
त्यसपछि विद्यार्थीहरूलाई ई-भोटिङ प्रक्रियाबारे आवश्यक जानकारी प्रदान गरी मतदान सञ्चालन गरिएको थियो। ई-भोटिङ प्रणाली प्रयोग गरिएकाले निर्वाचन प्रक्रिया छिटो, व्यवस्थित तथा पारदर्शी बनेको थियो। यस कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक मतदान प्रणालीबारे व्यवहारिक अनुभव दिलाउनुका साथै लोकतान्त्रिक अभ्यासप्रति थप जागरूक बनाएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले विद्यार्थीहरूको अनुशासन, सक्रिय सहभागिता र सहयोगको प्रशंसा गरेका छन्। साथै, विद्यालयमा सञ्चालन भएको STEAM टिम Omni Orbit को प्राविधिक सहयोग र सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयका प्रधानाध्यापक सुस्मिता मैनालीले जानकारी दिएकी छन।

