बुढानीलकण्ठमा निःशुल्क आँखा शिविर हुने
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ५।
बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालले निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ।
सो शिविरमा आँखाको परीक्षण, मोतिबिन्दु पहिचान, दृष्टि जाँच लगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिनेछ। साथै आवश्यक परेका बिरामीलाई थप उपचारका लागि सिफारिससमेत गरिने अस्पतालले जनाएको छ।
अस्पतालले इच्छुक नगरवासीलाई समयमै उपस्थित भई सेवा लिन आग्रह गरेको छ। शिविरमा सहभागी हुन नागरिकता वा परिचय खुल्ने कागजात साथमा ल्याउन अनुरोध गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
