गोथे–चेन्त्रुम काठमाडौंको नयाँ भवन उद्घघाटन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
काठमाडौं । गोथे–चेन्त्रुम काठमाडौंको नयाँ भवन शुक्रबार औपचारिक रूपमा उद्घघाटन गरिएको छ। ललितपुरको एकान्तकुनास्थित नयाँ भवनको उद्घघाटन नेपालका लागि जर्मनीका रादूत उडो युजेन फेल्जले गरेका थिए ।
उद्घघाटन समारोहलाई सम्बोधन गर्दै राजदूत फेल्जले गोथे–चेन्त्रुमको नयाँ भवन केवल भौतिक संरचना मात्र नभई नेपाल र जर्मनीबीचको मित्रता, विश्वास र सांस्कृतिक सहकार्यको नयाँ अध्याय भएको बताए । उनले विगत २५ वर्षदेखि संस्थाले नेपालमा जर्मन भाषा, संस्कृति तथा शैक्षिक आदान–प्रदानलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए।
‘हजारौं नेपाली विद्यार्थी, युवा तथा पेशाकर्मीले यहाँबाट जर्मन भाषा सिकेर नयाँ अवसर प्राप्त गरेका छन् । यसले दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाएको छ,’ उनले भने ।
राजदूत उडाले नयाँ भवन आधुनिक, सुरक्षित र प्रेरणादायी शैक्षिक केन्द्रका रूपमा विकसित भएको उल्लेख गर्दै आगामी दिनमा यो नेपाल र जर्मनीबीच संस्कृति, ज्ञान, विज्ञान तथा मित्रताको पुल बन्ने विश्वास व्यक्त गरेका थिए । उनले शिक्षा, प्रविधि, संस्कृति तथा मानव विकासका क्षेत्रमा जर्मनी नेपालसँगको सहकार्यलाई अझ विस्तार गर्न प्रतिबद्ध रहेको पनि बताए ।
