भ्याली पब्लिक थ्री अन थ्री बास्केटबल प्रतियोगिताको फाइनलमा

भ्याली पब्लिक थ्री अन थ्री बास्केटबल प्रतियोगिताको फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ३।

भ्याली पब्लिक ‘ए’ एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा  शनिबार फाइनलमा प्रवेश गरेको छ ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा भ्याली पब्लिकले फेयरलेस फ्लायर्स ‘बी’ लाई ७–५ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ ले उपाधिका लागि मनास्लु र सगरमाथाबीचको विजेतासंग खेल्ने छ ।
ब्वाइजमा टिम सेवा लाइट सेमिफाइनलमा पुग्यो । एयरजो ‘बी’, आइस, स्निकर फ्रिकर, हिमालयन वल्र्ड स्कुल र सुटरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लाटे लभर्स र एयरजो ‘ए’ ले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगिताको पूर्व प्रदेश मन्त्री शैलेन्द्रमान वज्राचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ४० तथा गल्र्समा १४ टिम सहभागी छन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कारसहित छात्रवृत्ति प्राप्त गर्ने छन् ।

तपाइँको प्रतिक्रिया ।