काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा अन्तरविद्यालय फुटबल हुने

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा अन्तरविद्यालय फुटबल हुने

कपन अनलाइन

काठमाडौं , बैशाख १०।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चौथो वडा अध्यक्ष अन्तरविद्यालय फुटबल प्रतियोगिता बैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधकि सहयोगमा हुने प्रतियोगितामा १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । सेभेन ए साइड स्वरुपको नकआउट प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत ४ उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । गत संस्करणको उपाधि मनास्लुले जितेको थियो । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।