रञ्जना लिपिसहितका परिचय पाटीले मौलिकता फर्काउँदै काठमाण्डौ-२३ : रञ्जना लिपिको वोर्ड उपहार
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६।
काठमाण्डौ महानगरपालिका वडा नं २३ ले नियमित करदातालाई रञ्जना लिपिको वोर्ड उपहार प्रदान गरेको छ।
‘लिपिको संरक्षण र करदाताको प्रोत्साहनका लागि हामीले परिचय पाटी प्रदान गरेका हौँ’ – वडाध्यक्ष मचाराजा महर्जन भन्छन ‘यो मौलिक र पर्यटकीय क्षेत्र हो । यो क्षेत्रको मौलिकता बचाउन र दृश्यात्मक सुन्दरता बढाउन हामीले यो काम अगाडि बढाएका हौँ ।’
महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन भन्छन, ‘रञ्जना लिपिको संरक्षण गर्न, व्यवसायहरुमा राखिने परिचय पाटीको आकार र शैलीमा एकरुपता कायम गराउन, करदातालाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।’
महर्जनका अनुसार वडाभित्र करिव ७ सय व्यावसायी हुनुहुन्छ । दर्ता र नियमित कर तिर्ने करदातालाई चरणवद्ध रुपमा परिचय पाटी वितरण गर्दै लगिनेछ ।
तपाइँको प्रतिक्रिया ।
