चार मुक्तक : श्रीबहादुर केसी शैलुङ्गे

चार मुक्तक : श्रीबहादुर केसी शैलुङ्गे

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
रुदै कति हिडौ अब उन लाई सम्झिएर
दुखेसोमा लगाएको गुन लाई सम्झिएर
मेरो लागि जीवित भगवान आमा नहुदा,
नयाँ जीवन दिएको खुन लाई सम्झिएर ।

गरिबीको चपेटामा चुट्यो जिन्दगीलाई
आफ्नो भन्ने नहुदा भुट्यो जिन्दगीलाई
माथि चढ्ने धोको जति सबै उडाइ लग्यो,
हुरी बतास आँधीले कुट्यो जिन्दगीलाई ।

गांैथलीका जोडी बस्ने डाली प्यारो लाग्छ
बगैंचा बिच काम गर्ने माली प्यारो लाग्छ
अविश्वासको दुरी झै कुविचारमा लाग्नु हुन्न,
घामको झुल्को विहानीमा ताली प्यारो लाग्छ ।

ममताको हातले छुँदा ढुङ्गा पनि देवता हुन्छ
समानताको पाठ सिकाइ उचो शिखर चुन्छ
वर्षाएर फूलहरू पाटी पौवा मन्दिर देवालय,
हरेराम हरेकृष्ण भगवान् सधै मनले गुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।