दक्षिणकाली फाइट नाइटका लागि ८ उपसमिति गठन

दक्षिणकाली फाइट नाइटका लागि ८ उपसमिति गठन

कपन अनलाइन
काठमाण्डौ ,चैत १८।

चाल्नाखेल स्पोर्ट्स क्लबको आयोजनामा हुने दक्षिणकाली फाइट नाइटका लागि विभिन्न ८ व्यवस्थापन उपसमिति गठन गरिएको छ । प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न ८ उपसमिति गठन गरिएको आयोजक क्लबका अध्यक्ष सरोज थापा मगरले जनाएका छन् ।
जसअन्तर्गत आर्थिकमा सरोज थापा, स्वयंसेवकमा सुशीला थापा, रिङ व्यवस्थापनमा मुकेश लुइटेल, रेफ्रीमा सञ्जय राई, स्टेजमा विशाल नगरकोटी, स्टलमा राहुल थोकर, प्रचार प्रसार तथा खेलाडी व्यवस्थापनमा विजय नगरकोटी र स्वास्थ्यमा संजिता लामा संयोजक रहेका छन् ।
एमेच्योर, सेमि प्रोफेसनल र प्रोफेसनलतर्फ ३० स्पर्धामा ६० खेलाडी सहभागी हुने बताइएको छ । त्यसमा नेपालका ५६ र भारतका ४ खेलाडी रहने छन् ।
नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिता बैशाख ५ गते दक्षिणकाली नगरपालिका वडा १ स्थित खहरेमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।