बुढानीलकण्ठ नगरपालिकामा स्ट्रोक तथा मिर्गी सचेतना कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ नगरपालिकामा स्ट्रोक तथा मिर्गी सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,चैत १२।

बुढानीलकण्ठ नगरपालिकामा “स्ट्रोक तथा मिर्गी (छारे रोग) सचेतना कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ।

विश्व एपिलेप्सी दिवसको अवसर पारेर नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट र एपिलेप्सी फाउन्डेसन नेपालले बुढानीलकण्ठ नगरपालिकासँगको समन्वयमा उक्त कार्यक्रम आयोजना भएको थियो।

विशेष गरी महिला स्वास्थ्य स्वयंसेविका, नर्सिङ कर्मचारी, विद्यालयका स्वास्थ्य नर्स र नगरपालिकाका प्रशासनिक कर्मचारीहरूलाई लक्षित गरी मिर्गी रोगसम्बन्धी विशेष अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो। सोही अवसरमा स्ट्रोक (मस्तिष्कघात) का बारेमा पनि व्यापक जानकारी प्रदान गरिएको थियो। “हरेक सेकेन्ड महत्वपूर्ण हुन्छ” भन्ने मुख्य सन्देशका साथ स्ट्रोक भएमा तत्काल अपनाउनुपर्ने सावधानी र उपचारका बारेमा सहभागीहरूलाई प्रशिक्षित गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।