बुढानिलकण्ठबाट लागूऔषधसहित दुई जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ,चैत ११।
जिल्ला प्रहरी परिसर काठमाडौंले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ। परिसरले सार्वजनिक गरेको प्रेस विज्ञप्तिका अनुसार बुढानिलकण्ठ नगरपालिका–११ आनिगुम्बा नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध खरिद–बिक्री भइरहेको आशंकामा खोजतलास गर्दा २.१२ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारेको थियो। सोही आधारमा बुढानिलकण्ठ–१० कपन बस्ने वर्ष २४ का सुनील सान्थल तथा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई हाल बुढानिलकण्ठ–१० कपन बस्ने वर्ष २९ का सुदिप बन्जरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको कोठामा थप खानतलासी गर्दा १०.५१ ग्राम लागूऔषध जस्तो पदार्थ र एसएलआर राइफलको ९ थान गोली समेत बरामद गरेको जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।

